काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
पुस २२ बिहीबार दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभएको छ ।
उहाका अनुसार अब बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको छ । प्रतिनिधि सभा बैठक सूचना निकालेर दोस्रो पटक स्थगित भएको हो ।
यसअघि पुस १८ मा बैठक तोकिएको थियो । तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो ।
बैठकको अघिल्लो दिन आज सूचना निकालेर भोलीका लागि तय भएको बैठक २८ गते बुधबारका लागि सारिएको हो ।