Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकाको फिलाडेल्फियामा आगलागी, बालबालिकासहित १३ को मृत्यु

अमेरिकाको फिलाडेल्फियामा आगलागी, बालबालिकासहित १३ को मृत्यु

  • बिहिवार, पौष २२ २०७८

  • 695
    SHARES

  • अमेरिकाको फिलाडेल्फियामा आगलागी, बालबालिकासहित १३ को मृत्यु

    काठमाडौं – अमेरिकाको फिलाडेल्फियामा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ।

    घटनामा कयौं मानिस घाइते भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ। सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो।

    आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन्। आगलागीको समयमा सो तीन तल्ले भवनमा २६ जना रहेको अनुमान गरिएको छ। त्यसमध्ये ८ जनालाई सकुशल नै उद्दार गरिएको छ।

    आगलागी कसरी शुरुभयो भन्ने कुरा शंकास्पद नै रहेको छ। घटनाका विषयमा छानविन भइरहेको अधिकारीहरुले जनाएका छन्।

    बालबालिकासहित ठूलो संख्यामा मानवीय क्षति भएकाले फिलाडेल्फिया शहरकै लागि सबैभन्दा दुःखद दिन भएको त्यहाँका मेयर जिम केन्नीले बताएका छन्।


    बिहिवार, पौष २२ २०७८०१:१०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij