Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीका ३४ एसपीको सरूवा, हेर्नुहोस् को कहाँ परे ?

नेपाल प्रहरीका ३४ एसपीको सरूवा, हेर्नुहोस् को कहाँ परे ?

  • आइतवार, पौष २५ २०७८

  • 952
    SHARES

  • नेपाल प्रहरीका ३४ एसपीको सरूवा, हेर्नुहोस् को कहाँ परे ?

    काठमाडौं – नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक एसपीको सरूवा भएको छ।

    आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

    अमरेन्द्रबहादुर सिंहको प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखाबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा भएको छ। सिंहको ठाउँमा उमाप्रसाद चतुरबेदीको सरूवा भएको हो।

    उनी कञ्चनपुरका प्रमुख थिए। उनको ठाउँमा श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी इन्टेलिजेन्स शाखाबाट सरूवा गरिएको छ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका अरूण पौडेललाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौं मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ।

    अर्जुन प्रसाद तिमिल्सीनाको काठमाडौं उपत्यका प्रहरी शिक्षालयबाट जिल्ला प्रहरी कार्यालय सिरहामा सरूवा भएको हो। सिरहामा रहेका हिराबहादुर पाण्डे विवादमा तानिएपछि उनको सरूवा गरिएको थियो। पछि उनलाई निलम्बन गरिएको छ।

    उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरूवा गरिएको छ।

    यस्तै काभ्रेका प्रमुख भुपेन्द्रबहादुर खत्रीको प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल काठमाडौंमा सरूवा भएको छ। उनको ठाउँमा काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत चक्रराज जोशीको सरूवा भएको हो।

    महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रज्वल महर्जनको पूर्वी नवलपरासीमा सरूवा भएको छ। उनको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरका सिद्धिबिक्रम शाहको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


    आइतवार, पौष २५ २०७८०२:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij