Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विकास र समृद्धिले गति नलिनुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषः बाबुराम भट्टराई

विकास र समृद्धिले गति नलिनुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषः बाबुराम भट्टराई

  • आइतवार, पौष २५ २०७८

  • 519
    SHARES

  • विकास र समृद्धिले गति नलिनुमा मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषः बाबुराम भट्टराई

    काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण देशमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनुभएको छ ।

    अध्यक्ष भट्टराईले देशमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

    राष्ट्रिय व्यापार संघले आज आइतवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे देशमा छिटो भन्दा छिटो विकास र समृद्धि हुने तर्क गर्नुभयो ।

    अध्यक्ष भट्टराईले ब्युरोक्रेसीु अर्थात् कर्मचारीतन्त्रमा देशलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि देशलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

    अध्यक्ष भट्टराईले देशबाट गरिबी निवारण नभइ व्यापार व्यवसाय फस्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।


    आइतवार, पौष २५ २०७८०४:३६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij