Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रशासनद्वारा काठमाडौं उपत्यकाकामा कोरोना नियन्त्रणका लागी १८ वुदे नयाँ आदेश जारी

प्रशासनद्वारा काठमाडौं उपत्यकाकामा कोरोना नियन्त्रणका लागी १८ वुदे नयाँ आदेश जारी

  • मंगलवार, पौष २७ २०७८

  • 833
    SHARES

  • प्रशासनद्वारा काठमाडौं उपत्यकाकामा कोरोना नियन्त्रणका लागी १८ वुदे नयाँ आदेश जारी

    काठमाडौं  – कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकाका तीन वटा प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

    मंगलबार बसेको बैठकले बढ्दो संक्रमणलाई मध्यनजरमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेको हो। आदेश मंगलबार राति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

    प्रशासनले १८ वटा बुँदामा आदेश जारी गरेको छ।

    घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायत स्वास्थ्य मापदण्डको पालना गर्न आदेश गरेको छ।

    राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।

    सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नथर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्वस्था मिलाउन सकिने प्रशासनले जनाएको छ।

    कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न भनेको छ।

    माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भएपनि हुने प्रशासनले भनेको छ।


    मंगलवार, पौष २७ २०७८०४:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij