रूसका एक लाखभन्दा बढी सैनिकले युक्रेनलाई तीनतिरबाट घेराबन्दी गरेका छन्। रूस र अमेरिकाबीच जेनेभामा जारी वार्ताको दोस्रो दिन मंगलबार युक्रेनमा आक्रमण हुने आशंकाका रूसी सेनाले घेराबन्दी गरेको हो।
रूसी उप विदेशमन्त्री राइबाकोभले अमेरिकी उपसचिव वेन्डी शेर्मानसँग एउटा शर्त राखेका छन्। रूसका अनुसार अमेरिकाले युक्रेनलाई सैन्य गठबन्धन नेटोमा समावेश गर्नु हुँदैन।
रूसी सैनिकले युक्रेनलाई पूर्वी क्षेत्रमा सोलोती र बोगुचरमा घेरेका छन् भने उत्तरी क्षेत्रमा पोचेपसम्म पुगेका छन्।
सैन्य विशेषज्ञहरूका अनुसार रूसले युक्रेनको सीमासँगै लगातार आफ्नो सैन्यबल बढाइरहेको छ। थप सैनिक खटाउने तयारी गरिरहेको छ।
रूसले यो वर्षमा सीमामा १ लाख ९५ हजार सैनिक पुर्याउने जनाएको छ।
पछिल्लो समय युक्रेनमा रूसविरोधी आवाज चर्किदै गएको छ। पश्चिमा सञ्चारमाध्यमका अनुसार रूस अमेरिकासँग ठोस समाधान चाहन्छ। अमेरिकाले हाल युक्रेनलाई नेटोमा समावेश गर्ने कुनै योजना बनाएको छैन।
अमेरिकाले युद्धको अवस्थामा रूसमाथि आर्थिक प्रतिबन्ध लगायो भने चीनलाई फाइदा हुनेछ। अमेरिका युद्धमा प्रत्यक्ष संलग्न हुन नचाहेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिबन्ध लगाएको अवस्थामा रूसले प्रतिकारका रूपमा युरोपलाई ग्याँस आपूर्ति बन्द गर्न सक्छ। रूसले युरोपेली देशहरूलाई ४० प्रतिशत ग्याँस निर्यात गर्दै आएको छ।
यसैबिच प्रो। चार्ल्स क्याप्सन हाल वाल्स स्कूल अफ फरेन सर्भिस र अमेरिकाको सरकारी विभागका प्राध्यापकका अनुसार भारतले पश्चिमी मुलुक र रूसबीच मध्यस्थता गर्ने अवसर पाएको छ।