Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लोपटक स्वास्थ्यमन्त्रीले गरेका सबै सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

पछिल्लोपटक स्वास्थ्यमन्त्रीले गरेका सबै सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

  • बिहिवार, पौष २९ २०७८

  • 1.1K
    SHARES

  • पछिल्लोपटक स्वास्थ्यमन्त्रीले गरेका सबै सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् ।

    आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

    बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो ।


    बिहिवार, पौष २९ २०७८०२:५८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij