Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म विदा, परीक्षा भने नरोकिने

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म विदा, परीक्षा भने नरोकिने

  • शनिवार, माघ १ २०७८

  • 838
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म विदा, परीक्षा भने नरोकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ ।

    विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ

    विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।

    निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

    माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

    यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुनेछ ।


    शनिवार, माघ १ २०७८०१:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij