Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री यादवको अभिव्यक्तिपछि फेरी राउतको पार्टीलाई जसपाको चेतावनी

मन्त्री यादवको अभिव्यक्तिपछि फेरी राउतको पार्टीलाई जसपाको चेतावनी

  • शनिवार, माघ ८ २०७८

  • 657
    SHARES

  • मन्त्री यादवको अभिव्यक्तिपछि फेरी राउतको पार्टीलाई जसपाको चेतावनी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले पनि सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

    बधुबार मन्त्री यादव गौरमा जाने क्रममा जनमत पार्टी कार्यालयले अवरोध गर्न खोजेका थिए । अवरोधका बीच कार्यक्रममा पुगेकी मन्त्री यादवले गौर घटना सम्झिँदै राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ र बर्खास्त गर्न माग गरिएको छ ।

    तर, जसपाले शनिबार विज्ञप्ति जारी गर्दै बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’

    साथै जनमत पार्टीले गैर राजनीतिक क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।


    शनिवार, माघ ८ २०७८०६:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij