Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयोगलाई राप्रपाको जवाफः पूर्वाग्रही निर्णय मान्दैनौँ, कानुनी र राजनीतिक उपचार खोज्‍छौं !

आयोगलाई राप्रपाको जवाफः पूर्वाग्रही निर्णय मान्दैनौँ, कानुनी र राजनीतिक उपचार खोज्‍छौं !

  • आइतवार, माघ ९ २०७८

  • 691
    SHARES

  • आयोगलाई राप्रपाको जवाफः पूर्वाग्रही निर्णय मान्दैनौँ, कानुनी र राजनीतिक उपचार खोज्‍छौं !

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ।

    विधानबाट हिन्दुराष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीले कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले बताए।

    निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ को मान्यता अभिवृद्धि गर्ने र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत भएको राप्रपाले ठहर गरेको छ।

    विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको पत्र

    आयोगको पत्रको दफा ४ मा उल्लेख भएको राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित झण्डाको मध्यभागमा गाई चिन्ह भएको भन्नै वाक्यांश हटाई सोहीबमोजिम अनुसूचीमा समेत उल्लेख गर्नुहुन भनी आयोगले पठाएको पत्र राप्रपाको मूल्य र मान्यताविपरीत रहेको, विगतमा पार्टीले प्रयोग गर्दै आएको, निर्वाचन आयोगले समेत मान्यता प्रदान गरेको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हको रूपमा समेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्राही देखिएको राप्रपाले निष्कर्ष निकालेको छ।


    आइतवार, माघ ९ २०७८०५:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij