Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आफ्नै वाचा किन भुलेको भन्दै गण्डकीका मुख्यमन्त्रीलाई एमालेद्धारा ध्यानाकर्षण पत्र पेश

आफ्नै वाचा किन भुलेको भन्दै गण्डकीका मुख्यमन्त्रीलाई एमालेद्धारा ध्यानाकर्षण पत्र पेश

  • सोमवार, माघ १० २०७८

  • 896
    SHARES

  • आफ्नै वाचा किन भुलेको भन्दै गण्डकीका मुख्यमन्त्रीलाई एमालेद्धारा ध्यानाकर्षण पत्र पेश

    काठमाडौं। नेकपा (एमाले) गण्डकी प्रदेशले मुख्यमन्त्री कृष्णचन्द नेपालीलाई २० बुँदे ध्यानाकर्ष पत्र बुझाएको छ ।

    सोमबार मुख्यमन्त्रीको कार्यालयमा मा पुगेर नै एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

    नेपाली नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन भएको ९ महिना पुग्दै गर्दा एमालेले दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि गत साउन ३१ गते पत्र लेखी एमालेले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

    २० बुँदे ध्यानाकर्षण पत्र पुनः स्मरण गराउँदै एमालेले विगतका वाचा भुलेको हो भनि प्रश्न गरेको छ । गत २०७८ असोज ३ मा एमाले संसदीय दलसँग भएको सम्झौताको कार्यान्वयन गर्न पनि एमालेले माग गरेको छ।

    संघीयताको मर्म अनुसार सरकार सञ्चालनमा असफल भएको आरोप लगाएको एमालेले २० बुँदे ध्यानाकर्षण पत्रमा अधिकांश विकास निर्माणका विषय समेटेको छ।


    सोमवार, माघ १० २०७८०४:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij