Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अब २ लाख रुपैयाँसम्म निकाल्न चेक तथा एटिएम चाहिँदैन्ः राष्ट्रिय वाणिज्य बैंक

अब २ लाख रुपैयाँसम्म निकाल्न चेक तथा एटिएम चाहिँदैन्ः राष्ट्रिय वाणिज्य बैंक

  • बिहिवार, माघ १३ २०७८

  • 969
    SHARES

  • अब २ लाख रुपैयाँसम्म निकाल्न चेक तथा एटिएम चाहिँदैन्ः राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ लाख रुपैयाँसम्म निकाल्नका लागि चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले चेक बिनै क्यूआरमार्फत २ लाख रुपैयाँसम्मको नगद भुक्तानी गरिदिने भएको हो ।

    बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा शुरु गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिए ।

    बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने बैंकले जनाएको छ । योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन ।

    बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए।टि।एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।

     


    बिहिवार, माघ १३ २०७८०१:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij