Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

महोत्तरीबाट बागलुङ गएका १३ मजदूरमा कोरोना पुष्टि

महोत्तरीबाट बागलुङ गएका १३ मजदूरमा कोरोना पुष्टि

  • शनिवार, श्रावण २४ २०७७

  • 691
    SHARES

  • महोत्तरीबाट बागलुङ गएका १३ मजदूरमा कोरोना पुष्टि

    काठमाडौं । महोत्तरीबाट बागलुङ गएका १३ मजदूरमा कोरोना भाइरस देखिएको छ । धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ आएका १३ जना मजदूरमा कोरोना देखिएको हो ।

    उनीहरूलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला, पोखरामा ६ दिनअघि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको थिएन ।

    तर, ६ दिनपछि गरिएको परीक्षणमा उनीहरू संक्रमित रहेको देखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कामका लागि आएका १७ जना मजदूरहरुमध्ये गत १८ असारमा एकजनामा संक्रमण देखिएपछि सबैको पुनः परीक्षण गरिएको थियो ।

    त्यस दिन १६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । परीक्षणका लागि पठाइएका बाँकी ३ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विकले बताए ।


    शनिवार, श्रावण २४ २०७७०१:२३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij