Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको बैठक भोलि बस्ने, राजनीतिक अन्योल भने कायमै

प्रतिनिधि सभाको बैठक भोलि बस्ने, राजनीतिक अन्योल भने कायमै

  • शनिवार, माघ १५ २०७८

  • 814
    SHARES

  • प्रतिनिधि सभाको बैठक भोलि बस्ने, राजनीतिक अन्योल भने कायमै

    काठमाडौं – राजनीतिक अन्यौलता र कोरोना महामारीका बीच प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्दैछ । पुस सात गते यता बस्न नसकेको बैठक माघ १६ गते दिउँसो १ बजेका लागि तय भएको छ । यसअघि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यसै गरी पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोभिडका कारण बस्न सकेको थिएन ।

    निर्वाचन लगायतका विषयमा मुलुकको राजनीति कता जान्छ भन्ने चासो, नेकपा एमालेले संसद् अवरोध कायम राखेको र कोभिड सङ्क्रमण समेत उच्च रहेको अवस्थामा माघ १६ मा बैठक बस्न लागेको हो ।

    भोलि बस्ने प्रतिनिधि सभा बैठकको एजेण्डा के हुने र अर्को बैठक कहिले बस्ने भन्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार संसद्को एजेण्डा तय गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको हो ।

     


    शनिवार, माघ १५ २०७८०५:४३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij