Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र छनोट

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र छनोट

  • मंगलवार, माघ १८ २०७८

  • 672
    SHARES

  • आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र छनोट

    काठमाडौँ । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि नेपालबाट केवल एक खेलाडीको अक्सन हुने भएको छ ।

    बीसीसीआईले आज अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट केवल लेग स्पीनर सन्दीप लामिछाने परेका छन् ।

    अक्सनबाट लामिछाने कुनै पनि टिमल भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ ।

    नेपालबाट अक्सनका लागि जम्मा १५ खेलाडीले नाम दर्ता गराएका थिए ।

    लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले नाम दर्ता गराएका थिए ।

    फेब्रअरी १२ र १३ तारिखमा हुने अक्सनमा जम्मा ५ सय ९० खेलाडी रहनेछन् जसमध्ये २ सय २० खेलाडी विदेशी रहने बीसीसीआईले जनाएको छ ।


    मंगलवार, माघ १८ २०७८०३:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij