Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनाव जेठ ४ गते एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र आयोगबीच छलफल

स्थानीय चुनाव जेठ ४ गते एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र आयोगबीच छलफल

  • मंगलवार, माघ १८ २०७८

  • 666
    SHARES

  • स्थानीय चुनाव जेठ ४ गते एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र आयोगबीच छलफल

    काठमाडौं – स्थानीय तह निर्वाचन जेठ पहिलो साता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री देउवाले आज बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचन मितिबारे छलफल गरेका हुन्। प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका छन्। आयोगले पनि जेठ ५ भित्र स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ।

    प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र आयोगका पदाधिकारीबीच आज अपरान्ह स्थानीय चुनाव मितिबारे बालुवाटारमा छलफल भएको हो।

    सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तह चुनाव गर्ने सहमति गरेका थिए। प्रधानमन्त्री देउवाले जेठ ४ मा एकैचरणमा स्थानीय चुनाव गर्ने तयारी सरकारको रहेको आयोगलाई बताएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

    ०७४ सालमा तीन चरणमा स्थानीय तह चुनाव गरिएको थियो।


    मंगलवार, माघ १८ २०७८०३:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij