Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप दुईजना कोरोना संक्रमितको मृत्यु

थप दुईजना कोरोना संक्रमितको मृत्यु

  • बिहिवार, माघ २० २०७८

  • 556
    SHARES

  • थप दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका –३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

    ८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १–५० बजे मृत्यु भएको थियो ।

    ८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।


    बिहिवार, माघ २० २०७८०२:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij