Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रालय विभाजन गरेको विरोधमा प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा युवा संघको अवरोध

मन्त्रालय विभाजन गरेको विरोधमा प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा युवा संघको अवरोध

  • आइतवार, माघ २३ २०७८

  • 591
    SHARES

  • मन्त्रालय विभाजन गरेको विरोधमा प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा युवा संघको अवरोध

    काठमाडौं – राष्ट्रिय युवा संघले प्रदेश १ प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकेको छ । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि जाने बाटो युवा संघले अवरूद्ध गरेको हो ।

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । नयाँ ८ मन्त्रीको शपथग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ । शपथ ग्रहण गराउने तयारी भएपछि युवा संघले प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा अवरोध गरेको हो ।

    प्रदेश १ का सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि एमालेले विरोध गर्दै आएको छ । आर्थिक भार बढाउने काम गरेका कारण सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकिएको युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताए ।

    तीन महिना अघि प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट ३, नेकपा एकीकृत समाजवादी पार्टीबाट ३ र माओवादी केन्द्रबाट २ जनाले सपथग्रहण गर्नेछन् ।


    आइतवार, माघ २३ २०७८१२:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij