Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारपीडितको समस्या समाधानमा ढिलाइ नगर्न मन्त्रीको निर्देशन, विवरण मन्त्रालयमा पेस गर्न आग्रह

वैदेशिक रोजगारपीडितको समस्या समाधानमा ढिलाइ नगर्न मन्त्रीको निर्देशन, विवरण मन्त्रालयमा पेस गर्न आग्रह

  • आइतवार, माघ २३ २०७८

  • 623
    SHARES

  • वैदेशिक रोजगारपीडितको समस्या समाधानमा ढिलाइ नगर्न मन्त्रीको निर्देशन, विवरण मन्त्रालयमा पेस गर्न आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारपीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

    आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारपीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न निर्देशन दिएका हुन् ।

    आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देश गरे ।

    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरूलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायताकक्ष सञ्चालन हुने जानकारी दिए ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायत कर्मचारीहरूले छलफल गरी विवरण मन्त्रालयमा पेस गर्न पनि आग्रह गरे ।


    आइतवार, माघ २३ २०७८०२:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij