Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

  • सोमवार, माघ २४ २०७८

  • 2.0K
    SHARES

  • वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

    निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।

    आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।

    प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।


    सोमवार, माघ २४ २०७८०४:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij