Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल पुग्यो एस्ट्राजेनेका साढे ८ लाख बढी डोज खोप

नेपाल पुग्यो एस्ट्राजेनेका साढे ८ लाख बढी डोज खोप

  • सोमवार, माघ २४ २०७८

  • 685
    SHARES

  • नेपाल पुग्यो एस्ट्राजेनेका साढे ८ लाख बढी डोज खोप

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

    कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

    बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो । बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा आउने कार्यतालिका रहेको उनको भनाइ छ ।

    यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४ सय मात्रा र इटालीले ६ लाख ३३ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप नेपाल पठाएको थियो ।


    सोमवार, माघ २४ २०७८०६:११:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij