Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोगबारे आयोगले विज्ञहरुसँग छलफल गर्दै

स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोगबारे आयोगले विज्ञहरुसँग छलफल गर्दै

  • बुधवार, माघ २६ २०७८

  • 507
    SHARES

  • स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोगबारे आयोगले विज्ञहरुसँग छलफल गर्दै

    काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी तिव्र पारेको छ। आयोगले आगामी निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे विज्ञहरुसँग छलफल गर्ने भएको छ।

    बुधबार(आज) आयोगले मेसिन प्रयोग गर्ने सकिनेरनसकिने विषयमा विज्ञहरुसँग छलफल गर्न लागेको हो। निर्वाचनलाई छिटोछरितो बनाउन प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनेर छलफल गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

    २०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनको समयमा पनि आयोगले मेसिन प्रयोग गर्ने बारे छलफल गरेको थियो।

    यसपटकको निर्वाचनमा मेसिनको प्रयोग गरेर निर्वाचन गर्न सकिनेरनसकिने विषयमा आयोगले काम अघि बढाएको हो।

    नेपालमा गत मंसिरमा भएको नेकपा एमाले र राप्रपाको महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर निर्वाचन भएको थियो। तर कांग्रेसले भने मेसिनको प्रयोग गरेन। नेपालमा भोटिङ मेसिन प्रयोग गर्नुपर्ने माग हुँदै आइरहेको छ।

    मेसिन प्रयोग गर्दा बचत तथा आर्थिक रूपमा पनि सहज हुने विज्ञहरुले बताउँदै आएका छन् ।


    बुधवार, माघ २६ २०७८१२:१९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij