Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

  • बुधवार, माघ २६ २०७८

  • 558
    SHARES

  • विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

    काठमाडौँ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ।

    विज्ञहरुसहितको बुधबार(आज) निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ।

    कार्यदलमा मन्त्रालय र आयोगसहित सूचना विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्ट लगायतका निकायका प्रतिनिधि सहभागी रहेका छन्।

    कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ।

    आयोगले हाल देशभरमा १ करोड ८५ लाखको हाराहारीमा मतदाता पुगेको अनुमान गरेको छ। २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५४ लाख थियो । ​


    बुधवार, माघ २६ २०७८०५:३६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij