Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाको पदाधिकारी बैठक जारी, थापा पक्षीय भनिएका नेता पनि सहभागि

राप्रपाको पदाधिकारी बैठक जारी, थापा पक्षीय भनिएका नेता पनि सहभागि

  • बिहिवार, माघ २७ २०७८

  • 620
    SHARES

  • राप्रपाको पदाधिकारी बैठक जारी, थापा पक्षीय भनिएका नेता पनि सहभागि

    काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी छन् ।

    पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।

    बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।


    बिहिवार, माघ २७ २०७८०२:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij