Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीले भने मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, हामी बहुमत ल्याउँछौं

ओलीले भने मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, हामी बहुमत ल्याउँछौं

  • शुक्रवार, माघ २८ २०७८

  • 760
    SHARES

  • ओलीले भने मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, हामी बहुमत ल्याउँछौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।

    शुक्रवार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

    ‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने ।

    ओलीले अघि भने, ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

    उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दावी गरे ।

    नेकपा एमाले, वौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबावले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको भन्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको वर्चश्व भएकै कारण स्थानीय चुनावबाट डराएको बताए ।


    शुक्रवार, माघ २८ २०७८०२:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij