Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दैनिक कोरोना संक्रमित संख्या एक हजार भन्दा तल झर्‍यो

दैनिक कोरोना संक्रमित संख्या एक हजार भन्दा तल झर्‍यो

  • शनिवार, माघ २९ २०७८

  • 791
    SHARES

  • दैनिक कोरोना संक्रमित संख्या एक हजार भन्दा तल झर्‍यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको छ ।

    चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।


    शनिवार, माघ २९ २०७८०४:३७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij