Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्ता छन् जबरामाथि महाअभियोग प्रस्तावमा लगाइएका आरोप (पूर्णपाठ)

यस्ता छन् जबरामाथि महाअभियोग प्रस्तावमा लगाइएका आरोप (पूर्णपाठ)

  • आइतवार, फाल्गुण १ २०७८

  • 962
    SHARES

  • यस्ता छन् जबरामाथि महाअभियोग प्रस्तावमा लगाइएका आरोप (पूर्णपाठ)

    काठमाडौँ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

    जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलका सांसदहरुले उनी लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान अक्षम रहेको बताएका छन् ।

    ९८ सांसदले महाभियोग लगाउनुको आधार र कारणहरु खुलाउँदै यस्तो बताएका हुन् । संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावमा सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै जबराको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको जिकिर गरिएको छ ।

    महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ ।

    संविधानको पवित्र उद्देश्य र संवैधानिक दर्शनलाई सम्पूर्ण रुपमा भताभुंग र नष्ट गर्ने गरी प्रधान न्यायाधीश लागिपरेकाले उनलाई महाभियोग लगाउनु परेको प्रस्तावमा उल्लेख गरिएको छ । संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह उनले स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरेको आरोप लगाइएको छ ।

    पढ्नोस् महाअभियोगको पूर्णपाठ:


    आइतवार, फाल्गुण १ २०७८१२:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij