Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने माधव नेपालको भनाइ

पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने माधव नेपालको भनाइ

  • आइतवार, फाल्गुण १ २०७८

  • 1.1K
    SHARES

  • पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने माधव नेपालको भनाइ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    कार्यक्रममा नेता नेपालले भने, ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं ।’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नेकपा एकीकृत समाजवादी पार्टी गठनको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धी रिट ईश्वर कुमार खतिवडा र पेशी चढेको छ ।

    कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

    अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूहरुले चाहेको पनि बताए ।


    आइतवार, फाल्गुण १ २०७८०३:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij