Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले बोलायो फागुन ८ गते केन्द्रीय समिति बैठक

माओवादीले बोलायो फागुन ८ गते केन्द्रीय समिति बैठक

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 914
    SHARES

  • माओवादीले बोलायो फागुन ८ गते केन्द्रीय समिति बैठक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।

    केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।


    मंगलवार, फाल्गुण ३ २०७८१२:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij