Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभामुखको विरोधमा युवा संघद्धारा सडकमै ’प्रतिनिधिसभा बैठक’ संचालन

सभामुखको विरोधमा युवा संघद्धारा सडकमै ’प्रतिनिधिसभा बैठक’ संचालन

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 1.0K
    SHARES

  • सभामुखको विरोधमा युवा संघद्धारा सडकमै ’प्रतिनिधिसभा बैठक’ संचालन

    काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुख अग्नि सापकोटाविरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेको छ । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर युवा संघले सभामुखको गतिविधिको विरोधमा व्यङ्ग्यात्मक प्रदर्शन गरेको गरेको हो ।

    प्रतिनिधिसभाको एमालेले गरेको विरोधजस्तै उनीहरूले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसद्मा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ जस्ता नारा लगाएर विरोध गरेका थिए ।

    युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाएर एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाइएको बताए ।

    सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij