Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नक्कली नेपाली नोटसहित चारजना पक्राउ

नक्कली नेपाली नोटसहित चारजना पक्राउ

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 1.3K
    SHARES

  • नक्कली नेपाली नोटसहित चारजना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । उनीहरूका साथबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोट बरामद भएको छ ।

    पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहटकै राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, राजपुर–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र गौर–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम छन् ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।


    बिहिवार, फाल्गुण ५ २०७८०३:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij