Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा नियम उलङ्घन भए कार्ड देखाइन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचनमा नियम उलङ्घन भए कार्ड देखाइन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

  • शनिवार, फाल्गुण ७ २०७८

  • 784
    SHARES

  • निर्वाचनमा नियम उलङ्घन भए कार्ड देखाइन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

    निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएको हुँदा त्यसलाई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी) ले नियम उलङ्घन ९फल्ट० गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ ।’ फल्ट भए÷नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, ‘हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट गर्यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।’

    प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन बताए । उनले भने, ‘एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ ।’


    शनिवार, फाल्गुण ७ २०७८०५:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij