Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमसिसीबारे तत्काल एमालेले धारणा नबनाउने

एमसिसीबारे तत्काल एमालेले धारणा नबनाउने

  • आइतवार, फाल्गुण ८ २०७८

  • 872
    SHARES

  • एमसिसीबारे तत्काल एमालेले धारणा नबनाउने

    काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीबारे तत्काल कुनै धारणा नबनाउने भएको छ।

    एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसिसी पहिला नै संसदमा टेबल गर्नुपर्ने विषय भए पनि ढिला भएको बताए।

    ‘तर अहिले संसदमा टेबल गर्दा राष्ट्रिय सहमतिका साथ गर्नुपर्थ्यो तर अहिले यो विषय सडकमा गिजोलिएको छ,’ भट्टराईले भने।

    उनले संसदमा आफूहरूले उठाएका माग सम्बोधन नभएसम्म अवरोध जारी र रहने र एमसिसीबारे कुनै धारणा नबनाउने बताए।

    ‘हामीले अहिले उठाइरहेका मागबारे धारणा राख्न पाएपछि एमसिसीबारे धारणा बनाउँछौं। अहिले संसद अवरोध गर्ने हाम्रो रणनीतिमा कुनै परिवर्तन भएको छैन,’ भट्टराईले भने,‘अहिलेलाई संसद अवरोध यथावत् रहन्छ।’

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गरेका छन्।

    फागुन १२ गते बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसीबारे छलफल हुनेछ। मन्त्री कार्कीले एमसिसी सम्झौता टेबल गर्नुअघि आज संसदमा बोल्दै एमाले सांसद भीम रावलले यसको विरोध गरेका थिए।

    रावलले एमसिसीको विरोध गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै २०७६ असारमा अनुमोदनका लागि एमसिसी संसदमा दर्ता गरेको थियो।

    सत्तामा रहँदा एमसिसी पास गर्ने पक्षमा रहेका एमाले अध्यक्ष ओली अहिले पहिला यसबारे सत्तारूढ गठबन्धनले निर्णय गरोस् अनिमात्र एमालेले आफ्नो धारणा राख्ने बताउँदै आएका छन्।


    आइतवार, फाल्गुण ८ २०७८०५:५१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij