Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साथीको सहयोगमा गर्भवती श्रीमतीको हत्या

साथीको सहयोगमा गर्भवती श्रीमतीको हत्या

  • सोमवार, फाल्गुण ९ २०७८

  • 1.0K
    SHARES

  • साथीको सहयोगमा गर्भवती श्रीमतीको हत्या

    काठमाडौँ । मेला घुम्न लैजाने वहानामा एक व्यक्तिले गर्भवती पत्नीलाई सर्लाहीबाट महोत्तरी पुर्याएर हत्या गरेको खुलेको छ ।

    भारत सीतामढीका अजय महतो कोइरीले २७ वर्षीया श्रीमती राधा भनिने अपसना खातुनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

    अपसनाको शव ४ फागुनमा जंगलभित्र फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अजयलाई ६ फागुनमा नेपाल–भारत सीमानाबाट पक्राउ गरेको थियो । बयानका क्रममा उनले हत्या गरेको स्वीकारेको विष्टले बताए ।

    हत्यामा अजयलाई सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका–९ का प्रमोद राउत पनि पक्राउ परेका छन् । अर्का सहयोगी फरार रहेको प्रहरीको भनाइ छ ।


    सोमवार, फाल्गुण ९ २०७८०२:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij