Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई माओवादी केन्द्रको पत्र

स्थानीय तह निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई माओवादी केन्द्रको पत्र

  • सोमवार, फाल्गुण ९ २०७८

  • 800
    SHARES

  • स्थानीय तह निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई माओवादी केन्द्रको पत्र

    काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।

    माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरुलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ । यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ।

    यस्तै निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ । निर्वाचन आयोगले ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरु त्यसको तयारीमा लागेका छन् ।


    सोमवार, फाल्गुण ९ २०७८०४:५५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij