Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने ?

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने ?

  • सोमवार, फाल्गुण ९ २०७८

  • 832
    SHARES

  • प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

    एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् ।

    सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’

    आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।


    सोमवार, फाल्गुण ९ २०७८०५:००:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij