Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

  • सोमवार, फाल्गुण ९ २०७८

  • 776
    SHARES

  • बैतडीमा टिपर दुर्घटना, ३ जनाको मृत्यु

    धनगढी । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

    मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।

    स्थानीय गणेश विष्टका अनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।

    दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।


    सोमवार, फाल्गुण ९ २०७८०५:२६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij