Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित, पार्टी विभाजनबारे भोलि निर्णय हुने

बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित, पार्टी विभाजनबारे भोलि निर्णय हुने

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 627
    SHARES

  • बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित, पार्टी विभाजनबारे भोलि निर्णय हुने

    काठमाडौं – जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका छन् ।

    पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् ।

    भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’

    यो हस्ताक्षर अभियानलाई पार्टी फुटाउने नजरले हेर्नु गलत हुने भन्दै उनले पार्टीलाई झन् मजबुत बनाउन यो अभियान चलाएको दाबी गरे । पार्टीबाट पठाएको मन्त्री समावेशी नभएको तथा अन्य नियुक्ति तथा मनोनयनहरु समावेशी नभएको गुनासो भट्टराई पक्षको छ ।

    पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भएअनुसार अर्को अध्यक्षमा अशोक राईलाई राख्न पनि सो पक्षले माग गरेको छ । यी निर्णय गर्न पार्टीको बैठक आवश्यक भएकाले बैठक बोलाउन हस्ताक्षर संकलन गरिएको सिंहले बताए ।


    बिहिवार, फाल्गुण १२ २०७८०४:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij