Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पल शाहबारे फिल्म निर्देशक थापासँग सोधपुछ 

पल शाहबारे फिल्म निर्देशक थापासँग सोधपुछ 

  • शनिवार, फाल्गुण १४ २०७८

  • 705
    SHARES

  • पल शाहबारे फिल्म निर्देशक थापासँग सोधपुछ 

    काठमाडौं – बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ।

    शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।

    थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।

    थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ।

    अन्तर्वार्ता सकिएपछि पाँच–छ जना प्रहरी आएर थापालाई लिएर गएको, त्यसपछि अर्का निर्देशक नारायण पुरी र आफू पनि प्रहरीसँगै गएको पत्रकार ऋषि धमलाले बताए। ‘उहाँ प्रहरीमै हुनुहुन्छ, हामी चाहिँ फर्कियौं,’ उनले भने।

    प्रहरीले पनि थापासँग जानकारी माग्ने उद्देश्यले कार्यालयमा ल्याइएको बताएको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार थापालाई शाहको बारेमा जानकारीका लागि बोलाइएको बतायो।

    ‘उहाँसँग निकट रहेको कारणबाट केही जानकारी लिने प्रयोजनले सोधपुछ गरिएको हो,’ परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने।

    नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
    शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको छ।


    शनिवार, फाल्गुण १४ २०७८०३:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij