Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–नारायणकाजीबिच भयो भेट

प्रचण्ड–नारायणकाजीबिच भयो भेट

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 1.1K
    SHARES

  • प्रचण्ड–नारायणकाजीबिच भयो भेट

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेका छन्।

    अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई भेट्न अध्यक्ष ‘प्रचण्ड’ मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेका थिए।

    भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीमै बसेर छलफल गर्न आग्रह गरेका थिए। आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत प्रचण्डले श्रेष्ठलाई भनेका थिए।

    सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कोही नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिएका थिए।

    श्रेष्ठले आफूले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर प्रचण्डको सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिएका थिए।


    मंगलवार, फाल्गुण १७ २०७८०५:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij