Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

  • बुधवार, फाल्गुण १८ २०७८

  • 547
    SHARES

  • रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा १४ जना केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन्।

    अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    मनोनित हुनेहरुमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेको श्रेष्ठले जानकारी दिए।

    यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।


    बुधवार, फाल्गुण १८ २०७८१२:३०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij