Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भीम रावल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

भीम रावल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

  • बिहिवार, फाल्गुण १९ २०७८

  • 728
    SHARES

  • भीम रावल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ बीच भेटवार्ता भएको छ । बिहिवार(आज) बिहान नेता रावललाई भेट्न महासचिव विप्लव टोखास्थित उनको निवास पुगेका थिए ।

    भेटमा विप्लवले संसदबाट पारित भएको एमसीसीविरुद्ध आन्दोलनका साथै राजनीति सहकार्य गर्न प्रस्ताव गरेको जनाइएको छ । विप्लवले केही दिन यता एमसीसीविरुद्धमा रहेका विभिन्न दलका नेतासँगको भेटघाटलाई तिव्रता दिएका छन् ।

    नेकपा एमालेका नेता रावल एमसीसी पारित गर्न नहुने पक्षमा थिए । एमालेले नाराबाजी गरेको प्रतिनिधि सभा बैठकमा आइतबार उनले एमसीसी विरुद्ध अभिव्यक्ति दिएका थिए । एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’ रावलले भनेका छन् ।

    विप्लवले यसअघि बुधबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए ।

    माओवादी नेता श्रेष्ठ पार्टीले एमसीसीको पक्ष लिएको भन्दै बिरोधमा छन् भने एकीकृत समाजवादीका नेता खनालले एमसीसी पारित गर्नका लागि गत आइतबार बसेको दोस्र बैठक बहिष्कार गरेका थिए ।

     


    बिहिवार, फाल्गुण १९ २०७८०२:२९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij