Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय सदस्य अधिकारी विद्यावारिधि उपाधिका लागि सिफारिस

कांग्रेस केन्द्रीय सदस्य अधिकारी विद्यावारिधि उपाधिका लागि सिफारिस

  • मंगलवार, भाद्र २३ २०८३

  • 338
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्य अधिकारी विद्यावारिधि उपाधिका लागि सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारी आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि पीएचडी उपाधिका लागि सिफारिस भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट सबै प्राज्ञिक प्रक्रिया पूरा गरेर उनी विद्यावारिधि उपाधिका लागि सिफारिस भएकी हुन्। अन्तिम भाइभा परिक्षा उत्तिर्ण भएसँगै उनको शोध कार्यलाई विश्वविद्यालयले उपाधिका लागि औपचारिक रूपमा सिफारिस गरेको हो।
    अधिकारीले ुनेपाली महिलाको सशक्तीकरणमा आमसञ्चार माध्यमको योगदानु शीर्षकमा केन्द्रित रहेर गहन शोध पूरा गरेकी हुन्। यसअघि उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी सङ्कायमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिसकेकी छन्। राजनीतिक तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीको यो प्राज्ञिक सफलतालाई महिला सशक्तीकरण र मिडिया अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
    अधिकारीको शोधपत्रका लागि डा। श्रीराम खनाल शोध निर्देशक थिए भने विज्ञ समूहमा प्रा.पुरुषोत्तम दाहाल र डा. मधुसूदन न्यौपाने थिए ।
    उपाधिका लागि सिफारिस भएपछि अधिकारीले आफ्ना वर्षौँको अथक तथा निरन्तर परिश्रम, अनगिन्ती चुनौती र धैर्यताको लामो यात्रापछि यो सफलता हासिल भएको बताएकी छन्। लक्ष्यप्रतिको अडिग विश्वासले नै आफूले यो सफलता हासिल गरेको उनको भनाइ छ । हरेक कठिन परिस्थितिले केही न केही सिकाउँदै आफूलाई अझ बलियो बनाएको र आफ्नो गन्तव्यप्रति प्रतिबद्ध रहन ऊर्जा दिएको उनले स्मरण गरेकी छिन्।
    आफूले प्राप्त गरेको यो उपलब्धि व्यक्तिगत प्रयासको मात्र प्रतिफल नभएको स्पष्ट पार्दै अधिकारीले शोध यात्रामा मार्गदर्शन, प्रेरणा, हौसला, विश्वास र आत्मीय साथ प्रदान गर्ने नगेन्द्रराज रेग्मीलगायत सम्पूर्ण सहयोगीप्रति कृतज्ञता व्यक्त गरेकी छन्।


    मंगलवार, भाद्र २३ २०८३०८:२७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij