Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

चार सस्थालाइ पाँच लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार दिइने

चार सस्थालाइ पाँच लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार दिइने

  • मंगलवार, भाद्र २३ २०८३

  • 53
    SHARES

  • चार सस्थालाइ पाँच लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार दिइने

    काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार धनकुटा नगरपालिका–९, मूलघाटस्थित विश्रान्ति मन्दिरलाई प्रदान गर्ने भएको छ ।
    ४३ वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय, गाँसबास, औषधोपचार, धार्मिक गतिविधि र दाहसंस्कारसम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै दुई लाख रुपैयाँ नगद राशिसहितको पुरस्कार दिन लागिएको हो।
    कोषको साधारण सभाले जनही एक लाख रुपैयाँ नगद राशिको ुरामबाबु–ज्ञानु समाजसेवी पुरस्कार भने तीन सामाजिक संस्था र तिनका प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिनुभयो ।
    मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बालसेवा आश्रम, काठमाडौँको चन्द्रागिरिमा रहेको ॐ अपाङ्ग बालबालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल – सहारा घरले जनही एक लाख रुपैयाको पुरस्कार पाउने भएका हुन् ।
    स्वयंसेवाको भावनाले समाजमा योगदान पुर्‍याउनेहरूलाई प्रोत्साहन गर्न रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा अक्षय कोष खडा गरी यस संस्थाको स्थापना गर्नुभएको थियो।
    २०७१ सालमा दुई लाख रुपैयाँबाट सुरु भएको पुरस्कार राशि हाल वार्षिक कुल पाँच लाख रुपैयाँ पुर्‍याइएको छ। कोषका अनुसार निष्पक्ष, स्वतन्त्र र उद्देश्यमूलक ढङ्गबाट योगदानको मूल्याङ्कन गर्न पाँच सदस्यीय छनोट समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसलाई साधारण सभाले अनुमोदन गर्दै यस वर्षका पुरस्कृत र सम्मानित व्यक्तित्व तथा संस्थाहरूको नाम टुङ्गो लगाएको कोषका नेपालले जानकारी दिनुभयो।

     


    मंगलवार, भाद्र २३ २०८३०८:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij