Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिवि सेवा आयोगको परीक्षा निर्धारित समयमै गर्न अनेरास्ववियुको माग

त्रिवि सेवा आयोगको परीक्षा निर्धारित समयमै गर्न अनेरास्ववियुको माग

  • बिहिवार, फाल्गुण १९ २०७८

  • 932
    SHARES

  • त्रिवि सेवा आयोगको परीक्षा निर्धारित समयमै गर्न अनेरास्ववियुको माग

    काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । उसले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारित समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

    अध्यक्ष सुनिता बरालले बिहिवार(आज) एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको उल्लेख गरेकी छन् ।

    आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ ।

    अनेरास्ववियुले भने आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता भनेको छ । अनेरास्ववियुले कुनै डर, त्रास र दबावमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन गर्न सेवा आयोगलाई आग्रह गरेको छ ।

    aneraswabiyu.jpg


    बिहिवार, फाल्गुण १९ २०७८०३:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij