Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं नयाँ बजारको एक फार्मेसीमा लुटपाट, प्रहरीसहित ८ जना पक्राउ

काठमाडौं नयाँ बजारको एक फार्मेसीमा लुटपाट, प्रहरीसहित ८ जना पक्राउ

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 535
    SHARES

  • काठमाडौं नयाँ बजारको एक फार्मेसीमा लुटपाट, प्रहरीसहित ८ जना पक्राउ

    काठमाडौं – काठमाडौं महानगरपालिका–१६ स्थित नयाँ बजारमा रहेको समृद्ध फार्मेसी लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना बहालमा रहेका प्रहरी र १ जना पूर्व प्रहरी छन् ।

    फागुन १२ मा साढे ७ बजे फार्मेसीमा छिरेको समूहले लुटेर भागेका थिए । फार्मेसीमा गएर उनीहरुले सञ्चालक राजेन्द्र साँकीलाई भने– ‘हामी प्रहरी हौं, तपाइको पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना छ, खानतलासी गर्न आएका हौं ।’ खानतलासी गर्ने नाममा उनीहरुले सञ्चालकलाई नियन्त्रणमा लिएर काउन्टरबाट नगद र मोबाइल लुटेर भागेको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।

    लुटमा संलग्न रहेको आरोपमा सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान सुवास रतोकीलाई महाशाखाले पक्राउ गरेको छ । २७ वर्षीय रतोकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ झलारीका स्थानीय हुन् । लुटमा पूर्व प्रहरी देवीप्रसाद धिताल पनि संलग्न रहेको थाहा भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–५ घर भई हाल एयरपोर्ट नजिकै बस्ने २६ वर्षीय धिताललाई पनि महाशाखाले पक्राउ गरेको छ । जागिरमा हुँदा धितालले महाशाखामा पनि काम गरेका थिए ।

    पक्राउ पर्नेमा धादिङ घर भएका ३० वर्षीय शंकर रेग्मी, डडेल्धुरा घर भएका २८ वर्षीय हिक्मत महता, कञ्चनपुर घर भएका ३४ वर्षीय मिलन बोहरा, पाँचथर घर भएका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका योगेन्द्र बहादुर चन्द र प्यूठान गौमुखी गाउँपालिका घर भएका २१ वर्षीय कमल सुनार छन् ।

    आरोपीहरुले फार्मेसी सञ्चालकले लगाएको घडी, काउन्टरमा भएको ६५ हजार नगद र सामसङ कम्पनीको एस–२० प्लस मोवाइल लुटेका थिए ।


    शुक्रवार, फाल्गुण २० २०७८०२:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij