Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रुस–युक्रेन युद्ध : रुसले गर्‍यो २ शहरमा अस्थायी युद्धविराम

रुस–युक्रेन युद्ध : रुसले गर्‍यो २ शहरमा अस्थायी युद्धविराम

  • शनिवार, फाल्गुण २१ २०७८

  • 714
    SHARES

  • रुस–युक्रेन युद्ध : रुसले गर्‍यो २ शहरमा अस्थायी युद्धविराम

    काठमाडौं – रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो ।

    मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।

    रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ ।

    ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लागि मार्ग खोलिदिने बताइएको छ । रुसको यो कदमपछि ती दुई शहरका सर्वसाधारणहरुलाई शहर छाडेर अन्यत्र जानका लागि सहज हुने बताइएको छ ।

    रुसले केही दिनदेखि युक्रेनविरुद्धको आक्रमणलाई तिव्र बनाउँदै लगेको छ । रुसको आक्रणमणको विश्वभर आलोचना हुँदै आएको छ ।


    शनिवार, फाल्गुण २१ २०७८०१:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij