Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 895
    SHARES

  • त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

    निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप उनीहरूको छ । उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्तिदिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। वर्तमान पदाधिकारीलाई त्रिभुवन विश्व विद्यालयमा रहेमा भावी परिणाम भयावह हुने चेतावनी दिइएको छ।

    वर्तमान पदाधिकारीको नियुक्ति पछि प्राज्ञिक उन्नयनका कुनै नयाँ काम हुन नसेको प्रति असन्तुष्टि जनाइएकको छ।

    शैक्षिक क्यालेन्डर लागू गर्ने नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसकेको आरोप लगाइएको छ। विश्व विद्यालयमा पदाधिकारीले आफू खुसी नियम बनाएर आफ्ना भनिएकालाई मात्र सेवा, र सुविधा तथा नियुक्ति दिएको आरोप लगाइएको छ।

    एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सह संयोजक प्रा.डा. रमेश भट्टराई र प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष सह प्राध्यापक जगत तिमिल्सनाले पदाधिकारीको राजीनामा मागेका छन्।

    rajinama.jpg


    मंगलवार, फाल्गुण २४ २०७८०३:०५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij