Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

  • बुधवार, फाल्गुण २५ २०७८

  • 500
    SHARES

  • चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् ।

    बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए ।

    ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरेपछि मात्र यो विषयमा छलफल गर्छौं’ उनले भने, ‘गठबन्धन हुन्छ कि हुँदैन भनेर अहिले नै छलफलको विषय बनाउँदैनौं । अहिले नै छलफल गर्नु अपरिपक्व हुन्छ ।’

    कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका विषयमा गठबन्धनको विषयमा कुनै कुरा नगरिने उपसभापति खड्काले बताए ।

    ‘गठबन्धनको विषयमा पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ त्यो निर्णय जनताका बीचमा लिएर जान्छौं, त्यो भन्दा अगाडि गठबन्धनको विषयमा कार्यकर्तालाई केही भन्दैनौं ।’

     


    बुधवार, फाल्गुण २५ २०७८०४:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij