Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आजपनि घट्यो, तोलाको एक लाख एक हजार ६ सयमा कारोबार

सुनको मूल्य आजपनि घट्यो, तोलाको एक लाख एक हजार ६ सयमा कारोबार

  • मंगलवार, श्रावण २७ २०७७

  • 628
    SHARES

  • सुनको मूल्य आजपनि घट्यो, तोलाको एक लाख एक हजार ६ सयमा कारोबार

    काठमाडौं । सुनको मूल्यमा मंगलबार पनि सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएर एक लाख एक हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाला सुनको मूल्य तोलामा एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले गिरावट आएर एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।


    मंगलवार, श्रावण २७ २०७७०२:१०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij